Logo

गोविन्द केसीको समर्थनमा उत्रियो विशाल जुलुस(फोटोफिचर)



काठमाडौं, १४ साउन । सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै अनसन सुरु गर्नुभएका प्राध्यापक डाक्टर गोबिन्द केसीको समर्थनमा शनिबार काठमाडौंमा र्याली निकालिएको छ ।

विवेकशील पार्टी लगाएका बिभिन्न संघसंस्थाले डाक्टर केसीको माग पुरा गराउन सरकारको ध्यानाकर्षण गर्दे काठमाडौंको माईतिघरबाट निकालेको र्याली नयाँ बानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।

र्यालीमा सहभागीहरुले केसीको जायजमागलाई तत्काल सम्बोधन गर्नुपर्ने , चिकित्सा शिक्षा सुधार गर्नुपर्ने लगाएतका प्लेकार्ड बोकेका थिए ।

चिकित्सा शिक्षा सुधारको मागमा सरकारले गरेका सहमति पालना नगरेको भन्दै केसीले ११ औं पटक अनसनमा बसेका थिए ।

माथेमा प्रतिबेदन कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा अध्ययन संस्था आईओएममा डिनको सिफारिसमा सहायक डिन र क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने तथा सरकार र अदालतको आदेश नमान्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने डाक्टर केसीको माग छ ।

तस्विर : मुकुन्द कालिकोटे

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्