Logo

अस्थायी शिक्षकको परीक्षा रोकिएको छैन : शिक्षा सचिव श्रेष्ठ



साउन १५, काठमाण्डौ । शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अस्थायी शिक्षकको परीक्षा नरोकिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसहमा ऋषि धमलासँग कुरा गर्दै सचिव श्रेष्ठले प्राविधिक कारणले परीक्षा सारिएको दाबी गरेका हुन् । अस्थायी शिक्षकहरुलाई परीक्षा दिनबाट बञ्चित गर्ने गरी कुनै कदम नचालिएको स्पष्ट पार्दै सचिव श्रेष्ठले भने “परीक्षाको पूर्ण तयारी भइरहेको छ, परीक्षा रोकिएको छैन ।”

“मेरो जानकारीमा आएसम्म कुनै पनि निर्णय गरिएको छैन ।” श्रेष्ठले भने ।

अस्थायी शिक्षकहरुले माग पूरा नहुने निकायमा गएर गुनासो गरेको प्रति असन्तुष्टी जनाउँदै श्रेष्ठ सचिवले शिक्षकहरुको माग पूरा गर्नका लागि सरकारले काम गरिरहेको बताए । माग पूरा गर्नका लागि ऐन संशोधन गर्ने कुरामा शिक्षा मन्त्रालय संवेदनशील भएको उहाँको दाबी छ । तर केही प्राविधिक कारणले नतिजा आइहाल्न नसकेको श्रेष्ठको भनाई छ ।

तोकिएको मितिमा परीक्षा हुने श्रेष्ठले दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot