Logo

प्रि-सिजन भ्रमण अन्तर्गतको खेलमा बार्सिलोनासँग रियल मड्रिड पराजित



काठमाडौं, १५ साउन । प्रि-सिजन भ्रमण अन्तर्गतको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ ।

अमेरिकाको मायामीस्थित हार्ड रक रंगशालामा आइतबार बिहान भएको अन्तर्राष्ट्रिय कप अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३-२ ले हराएको हो ।

खेलमा बार्सिलोनाका लागि लियोनल मेस्सी, ईभां राकिटिच र जेरार्ड पिकेले एक-एक गोल गरे । पराजित टोली रियाल मड्रिडका कोभासिच र मार्को असेन्सयोले एक-एक गोल गरेका थिए ।

ईन्टरनेसनल कपअन्तर्गत शनिबार राती भएको अर्को खेलमा इटालीको ईन्टर मिलानले इङ्ल्यान्डको चेल्सीलाई २-१ ले हराएको छ ।

खेलमा ईन्टर मिलानका स्टेभेन जोभेटिच र ईभां पेरिसिचले एक–एक गोल गरे । ईन्टरकै कोन्डोग्बीयाले एक आत्माघाती गोल गरेपछि चेल्सीले हार अन्तर कम गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot