Logo

आयात र निर्यातबिच असन्तुलन बढ्दै, यस्तो छ तथ्याङ्क



साउन १५, काठमाण्डौ । वर्षेनी बढिरहेको व्यापारघाटाले देशको उत्पादन क्षमता घट्दो क्रममा रहेको देखाएको छ । सरकारले उत्पादन वृद्धिका लागि हरेक वार्षिक बजेटमा कृषि तथा उत्पादनमूलक उद्योगलाई विभिन्न किसिमको सहयोग दिने र प्रवद्र्धन गर्ने नीतिगत व्यवस्था गर्दै आए पनि उत्पादन क्षमता बढाउन सकेको छैन । जसले गर्दा आयात र निर्यातबिच असन्तुलन बढ्दै गएको छ ।

गत आर्थिक वर्ष २०७३–७४ मा देशमा भित्रिने प्रमुख ८ वस्तुमा मात्र रू ५ खर्ब ७३ अर्ब खर्च भएको छ । भन्सार विभागका अनुसार एक वर्षमा सोही अवधीमा विदेश निर्यातबाट भने देशमा रू. ५ अर्ब ३३ करोड मात्र भित्रिएको देखिन्छ ।

१२ महीनाको अवधिमा देशमा सबैभन्दा बढी रू. १ खर्ब ४० अर्ब ४ करोडको इन्धन, खनिज तेल र मैन आयात भएको छ । गत आर्थिक वर्ष २०७३–७४ मा रू ९३ अर्ब ७१ करोडको फलाम, रू ८२ अर्ब १३ करोडको मेशिनरी उपकरण र त्यसका पार्टपुर्जा र रू. ७९ अर्ब ५० करोडका सवारीसाधन र त्यसका पार्टपुर्जा भित्रिएका छन् ।

यस्तै रू. ७० अर्ब ६ करोडको विद्युतीय उपकरण, रू. ४० अर्ब १५ करोडको खाद्यान्न, रू. ३५ अर्ब १४ करेडका प्लाष्टिकका सामान र रू. ३२ अर्ब १३ करोडका पत्थर र बहुमूल्य धातु पनि सो अवधिमा आयात भएको छ । उक्त अवधिमा देशमा रू. १ अर्बभन्दा धेरैको व्यापारघाटा हुँदा रू. ८ खर्ब २८ अर्बको वस्तु व्यापारघाटा भएको छ । रू. ५ खर्ब ७३ अर्बको आयात हुँदा सरकारले त्यसको कर, भ्याट र अन्तशुल्कबापत रू. १ खर्ब ५८ अर्ब राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७२ र ७३मा ९ दशमलव १ प्रतिशत रहेको निर्यात आयात अनुपात समीक्षा अवधिमा ७ दशमलव ७ प्रतिशत रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot