Logo

पुनः मतदानमा जाने फैसलालाई स्विकार गर्दै मतदानमा जान्छौँ : एमाले सचिव भट्टराई



साउन १६, काठमाण्डौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सर्वोच्च आदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने भनि गरेको फैसलालाई स्वागन गर्न नसकिने बताएका छन् । सचिव भट्टराईले निर्णय मानेर मतदानमा जाने तर स्वागत गर्न नसकिने बताएका हुन् ।

सर्वोच्चको निर्णय स्वागन गर्ने हैसियतको नभएको भट्टराइएको तर्क छ । उक्त निर्णयले नेपालको संविधान र निर्वाचन कानुनको मर्म बोक्न नसकेको उनले बताए । साथै आगामी दिनमा गलत नजिर बस्ने भएकाले पनि उक्त निर्णय स्वागतयोग्य नभएको भट्टराईको जिकिर छ ।

भरतपुर महानगरमा मत गणनाका समयमा मतपत्र च्यातिनु सुनयोजित भएकाले पनि त्यहाँ पुनः मतदान गराउने निर्णय उचित नभएको उनले बताए ।
मतगणना स्थललाई नियन्त्रणमा लिइएको वा कब्जा गरिएको अवस्था नभएको तर सर्वोच्चले कब्जा गरिएको भन्ने आशयलाई आधार बनाएर फैसला गरेको भट्टराईको तर्क छ ।

नेकपा एमालेले सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि मान्ने तर सबै फैसला सही छन् भन्न नसकिने भट्टराईले बताएका छन् । पुनः मतदान गराउने निर्णयले नेपाली राजनीतिलाई अपराधिकरणतर्फ लैजाने तर्क समेत भट्टराईले गरेका छन् ।

तर फैसलालाई स्विकार गर्दै मतदानमा जाने एमाले सचिव भट्टराईले बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot