Logo

अब हामी भूमिगत हुन्छौँ, कसैसँग भेट्दैनौँ : कमलनारायण दास, अध्यक्ष, क्षेत्र निर्धारण आयोग



निर्वाचनका लागि अति आवश्यक मानिएको क्षेत्र निर्धारण आयोग गठन भएर काम पनि सुरु भएको छ । आयोगले के कसरी काम गरेको छ भन्ने सन्दर्भमा ऋषि धमलाले आयोगका अध्यक्ष कमलनारायण दाससँग कुराकानी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

क्षेत्र निर्धारण आयोगमा बसेर तपाई के गर्दै हुनुहुन्छ ?
तोकिए बमोजिमको काम गरेर बसेको छु ।

क्षेत्र निर्धारण आयोगलाई दल तथा तिनका नेताहरुले के सुझाब दिएका छन् ?
त्यो अहिले भन्न मिल्दैन । जति पनि छलफल भएको छ, त्यो सबै कार्यविधि अनुसार गोप्य राख्नुपर्छ ।

नेताहरुले केके भनेका छन्, भन्नुस न ।
हाम्रो कार्यविधिमा स्पष्ट लेखेको छ । जति पनि आयोगमा छलफल हुन्छ, ति कुरा अहिले सार्वजनिक गर्न मिल्दैन । अहिले नै सबै कुरा भन्न थालियो भने काम गर्न गाह्रो हुन्छ ।

सार्वजनिक गर्नै नमिल्ने हो ?
समय आएपछि सबै कुरा सार्वजनिक गरिन्छ । अहिले चाँही मिल्दैन ।

काम कसरी गरिरहनुभएको छ ? चुनौति केके छन् ?
चुनौति धेरै छन् । नीति बनाएर काम गर्ने तयारीमा छौँ । छलफलको कार्यक्रम सकिएको छ । अब हामी कसैसँग छलफल गर्दैनौँ । २ दिन चाँही इन्टरनेटबाट राय सुझाब लिन समय बाँकी छ । त्यसपछि आन्तरिक कार्य सुरु गछौँ । तर समय समयमा संचारमाध्यमलाई जानकारी गराउँछौँ ।

तपाईहरुले क्षेत्र निर्धारण गर्न सक्नुहुन्छ ?
यो प्रश्नको जवाफ दिँदा दिँदा थाकिसके । हामी कामप्रति प्रतिबद्ध छौँ । हामीले अहिलेसम्म आधारभूत काम सकिसकेका छौँ । सबै क्षेत्रको तथ्याङ्क संकलन गरिसकेका छौँ । अब हामी भूमिगत भएर काम गछौँ । कसैसँग भेट्दैनौँ । काम मात्रै गछौँ । त्यसपछि रिपोर्ट लेखेर बुझाइदिन्छौँ ।

आयोगले समयमा नै काम सम्पन्न गर्न सक्छ ?
हामी तोकिएको समयसिमा २१ दिनभित्र नै क्षेत्र निर्धारणको काम सक्छौँ । प्रमुख दलका नेताहरुले पनि हामीलाई सहयोग गरिरहनुभएको छ ।

 



प्रतिक्रिया दिनुहोस्