Logo

रक्सी खुब खाईयो, हजारौ तरुनी घुमाईयो: कलाकार सन्तोस पन्त – भिडियो सहित



काठमाडौं, १६ साउन । वरिष्ठ कलाकार सन्तोस पन्तले आफुले सबैभन्दा बढि तरुनी घुमाएको र रक्सिलाई प्रयोग गरेको बताएका छन् ।  हिमालयन टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम ‘धमलाको हमाला’मा पत्रकार ऋषि धमलासँगको कुराकानिमा यस्तो बताएका ह्न।

३२ वर्षे नेपाली सेनाको जागिरमा रहेर कतव्र्य पुरा गरेर अझैसम्म पनि नेपाली सेनामै करार रुपमा जागिर खाईरहेका पन्तले स्व.राजा महेन्द्रको हातबाट २०२४ सालमा सात वर्षको उमेरमा पहिलो मेडेल प्राप्त गरेको बताएका छन् । त्यो समयमा महेन्द्रको बाहुलीबाट १ हजार ईनाम प्राप्त गरेको स्मरण गर्छन्।

स्व. राजा मेहन्द्रले आफ्नो शासन कालमा थुप्रै विकासका काम भएको बताएका छन् । लोकतन्त्रको सुन्दरता भनेको नेतालाई सिगार्ने मात्रै भएको बताउछन् ।

स्व.राजा वीरेन्द्रसँग राम्रो सम्बन्ध जोड्न सफल भएका कलाकार पन्त कलाको सम्मान गर्नुपर्ने बताउछन । सानै देखी कलाका क्षेत्रमा लाग्ने र भगवानको आर्शिवाद हो भन्नेमा विश्वास गर्छन् । दर्शकले आफूलाई कलाकार बनाएको र धेरै श्रम गर्न नपरेको बताउछन् ।

फरक प्रसँगमा पत्रकार धमलाको प्रश्नको जवाफमा जवानीमा तरुनीहरु खुब घुमाएको बताएका छन् । संख्यामा गन्न नसकिने तरिकाले तरुनी घुमाएको बताउने पन्तले २१ वर्षको उमेरमा बिहे गरेको बताउछन् ।

साधारण खानपानमा रुचि राख्ने पन्त हुस्कि पिउनुको मज्जा बेग्लै हुने बताउछन् । समाजलाई सकारात्मक सन्देश दिने र मुलुकको विकास दिने खालको कार्यक्रम टेलिभिजन कार्यक्र सञ्चालन गर्ने बताउछन् ।



प्रतिक्रिया दिनुहोस्