Logo

दर्शक श्रोता नेपालको अध्यक्षमा पुन भट्ट सर्वसम्मत निर्वाचित



१५ साउन, काठमाडौं । दर्शक श्रोता नेपालको अध्यक्षमा केशव भट्ट निर्वाचित भएका छन् । राजधानीको गोंगबुमा सम्पन्न भएको दोर्षो महाधिवेशनले भट्टको अध्यक्षतामा ११ सदस्यीय केन्द्रिय कार्यसमिती र ७ सदस्यीय सचिवालय समिति चयन गरेको हो ।

चयन भएको नयाँ कार्यसमिती अनुसार अध्यक्षमा केशव भट्ट,उपाध्यक्षमा सन्तोष बजगाइं, महासचिव केशर विश्वकर्मा, सचिव पार्वती तिवारी, सहकोषाध्यक्षमा पृथ्वी पुलामी मगर सर्वसम्मत चुनिएका छन् ।

कोषाध्यक्षका लागि भने २ जनाको उम्मेदवारि परेपछी निर्वाचन भएको थियो।कोषाध्यक्षमा विनोद नेपाली विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी भवानी राउतसंग थोरै मात्र मतान्तरले जितेका हुन। अन्य केन्द्रीय सदस्यहरुमा मिरा संकल्प,सुनिल नेपाली,जीतबहादुर राई,चन्चला सुनार र सिसन कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवालय समितिमा केशव भट्ट,केशर विश्वकर्मा,विनोद नेपाली,बरिस्ठ सदस्य भवानी राउत,सन्तोष दहाल,शिवप्रसाद चापागाईं र विष्णुकान्त न्यौपानेलाई चयन गरिएको छ।

 

शुक्रबार बरिस्ठ लोक गायक तथा वाद्यवादक खड्ग गर्वुजाको प्रमुख आतिथ्यतामा महाधिवेशनको उद्घाटन गरिएको थियो।निर्वाचन कार्यसमितिका अध्यक्ष ॐ भण्डारीले निर्वाचित पधाधिकारीको नाम सार्वजनिक गर्दै सबैलाइ प्रमाणपत्र वितरण गरी शपथ ग्रहण गराPsf lyP .

 



प्रतिक्रिया दिनुहोस्