Logo

इमिरेट्स कप फुटबलको उपाधि आर्सनलले जित्यो



काठमाडौं, १६ साउन। इङ्लिस फुटबल क्लब आर्सनलले प्रि–सिजनको इमिरेट्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आइतबार राती भएको खेलमा स्पेनको सेभियासँग २÷१ ले पराजित भए पनि समग्रमा बढी गोल गरेको आधारमा आर्सनल च्याम्पियन बनेको हो ।चार टोली सहभागी इमिरेट्स कप फुटबलमा आर्सनलले बेनिफीकालाई ५-२ ले हराएको थियो भने सेभियाले जर्मनीको आरबी. लेबजीगलाई १-० ले हराएको थियो ।

सेभियाले दुवै खेल जिते पनि आर्सनलको भन्दा कम गोल गरेका कारण उपाधि जित्न नसकेको हो । ईमिरेट्स कप फुटबलमा हरेक गोलको एक अंक दिने चलन छ ।

यसरी दुई–दुई वटा खेलको समाप्तिमा सर्वाधिक अंक पाउने टोलीले उपाधि जित्ने व्यवस्था अनुसार आर्सनल च्याम्पियन बनेको हो ।



प्रतिक्रिया दिनुहोस्