Logo

पुरै जिम्मेवारी दिने हो भने एक महिनाभित्र सडकका समस्या समाधान गर्ने मन्त्री बलायरको दाबी



साउन १७, काठमाण्डौ । भौतिक योजना तथा यातायात मन्त्री वीरबहादुर बलायरले राजधानीको सडक नै अस्तव्यस्त भएकाले भन्नासाथ मर्मत गर्न नसकिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री बलायरले अहिले तत्कालका लागि भन्दा पनि दीर्घकालिन रुपमा सडक व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन् ।
मेलम्ची खानेपानी आयोजना र विद्युत लाइन विस्तारका कारण सडक भत्काउनुपर्ने बाध्यता भएको बताउँदै मन्त्री बलायरले तत्काल खाल्डा पुरेर मात्रै समस्या समाधान नहुने बताएका हुन् ।

प्रधानमन्त्रीले खाल्डा पुर्न निर्देशन दिएका बेला भौतिक योजना तथा यातायात मन्त्रालयको काम पनि प्रधानमन्त्रीले नै गरिरहेकोले निर्देशन दिनु सामान्य कुरा भएको तर्क गर्दै मन्त्री बलायरले भने, “जिम्मेवारी अनुसार चासो राख्नुभएको हो ।”

भविष्यमा ठूलो उपलब्धि हासिल गर्ने दाबी गर्दै अहिलेको समस्या छिटै समाधान हुने मन्त्री बलायरको भनाई छ । मेलम्चीको पानी खानका लागि अहिले दुःख भोग्नुपरेको तर्क गर्दै मन्त्री बलायरले मन्त्रालयलाई पुरै जिम्मेवारी दिने हो भने एक महिनाभित्र समस्या समाधान गर्ने दाबी गरे । तर एउटा निकायले मर्मत गर्ने अर्को निकायले भत्काउने कामको अन्त्य नभसम्म समस्या समाधान नहुने मन्त्रीको जिकिर छ ।
ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा भएका वैकल्पिक बाटोको प्रयोग बढाएर समस्या समाधान गर्न सकिने उनको तर्क छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot