Logo

त्रिशुलीमा २५ मेगावाटको सोलार जडान गर्ने ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाउन विद्युत प्राधिकरणलाई निर्देशन



काठमाडौं, १७ साउन । व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले नुवाकोटको त्रिशुलीमा २५ मेगावाटको सोलार जडान गर्ने ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ।

समितिको मंगलबार बसेको बैठकले विश्व बैंकले सिफारिस गरेको चिनियाँ ठेकेदार रिजन इनर्जी कम्पनीसँग १७ मे २०१७ मा भएको ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिएको हो।

यसअघि असार ३० गते समितिले अनियमितता भएको भन्दै ठेक्का रोक्न निर्देशन दिएको थियो। विश्व बैंकको सहयोगमा प्राधिकरणले ५ अर्ब रुपैयाँ लगानी गरेर त्रिशुलीमा रहेको प्राधिकरणको सवस्टेशनको जग्गामा सोलार प्लान्ट राख्न ठेक्का आह्वान गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot