Logo

जापानमा हुने मैत्रीपूर्ण फुटबलका लागि २४ खेलाडीको नाम सार्बजनिक



काठमाडौं, साउन १८ । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी साताबाट हुने जापान भ्रमणका लागि २४ खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको छ ।

यही साउन २७ गते जापान जाने नेपालले ५ वटा मैत्रीपूर्ण खेल खेल्ने छ । मंगलबार सार्वजनिक गरिएको सूचीमा यमनविरुद्ध खेलिएको टोलीका ४ खेलाडी परिवर्तन गरिएको छ ।

नियमित गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र डिफेन्डर आदित्य चौधरी यसपटक टोलीमा हुने छैनन् । रोहित इन्डोेनेसिया तथा किरण माल्दिभ्समा व्यावसायिक फुटबलमा व्यस्त रहेकाले मैत्रिपूर्ण भ्रमणको लागि राष्ट्रिय टोलीमा नपरेका हुन् ।

यसपटक नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, विशाल श्रेष्ठ र एलेन न्यौपाने रहेका छन् । रक्षकमा विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दिनेश राजवंशी र मानबहादुर तामाङ छन् ।

त्यसैगरी मिडफिल्डरमा विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापामगर र सुनिल बल रहेका छन् भने फरवार्डमा अनिल गुरुङ, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र सुमन लामा छन् ।

मुख्य प्रशिक्षण ग्यातोकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र उज्ज्वल मानन्धर, चिकित्सक राजु डंगोल र दोभासे रोशन तुलाधर पनि टोलीमा समावेश छन् ।



प्रतिक्रिया दिनुहोस्