Logo

कुबेत लान लागिएका पाँच चेलीको दिल्लीमा उद्धार



काठमाडौं, साउन १८ । भारतको बाटोबाट कुबेत लान लागिएका पाँच चेलीको उद्धार गरिएको छ । नेपाली जनसम्पर्क समिति भारत र माइती इन्डियाको संयुक्त पहलमा ती चेलीहरूको उद्धार गरिएको हो ।

उनीहरूलाई कुबेत लानका लागि दलाले दिल्लीको पहाडगञ्जस्थित होटलमा लगेको थियो । गएराति उद्धार गरिएका पाँच चेलीलाई नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे र तरुण दल दिल्लीका अध्यक्ष मोहनबहादुर शाक्यको रहोवरमा काठमाडौं ल्याइपु¥याएको हो ।

पाण्डेका अनुसार दलालले भारतलगायत अन्य देशको मार्ग भएर नेपाली चेलीहरूलाई गैरकानुनी रुपमा खाडी मुलुकमा लगिरहेका छन् । खाडीका कतिपय देशहरूमा महिला कामदारमाथि चरम शोषण भएपछि सरकारले महिलालाई ती मुलुकमा वैदेशिक रोजगारका लागि जान रोक लगाएको छ ।

दलालहरूले खाडी देशमा गैरकानुनी बाटोबाट लाँदै आएका छन् । यसरी दैनिक सयौंको संख्यामा नेपाली चेली खाडी देशहरू पु¥याइने गरेको बालकृष्ण पाण्डेले बताए । दिल्लीमा पाँच सयभन्दा बढीको संख्यामा चेलीहरू खाडी मुलुक पु¥याउन विभिन्न होटलमा राखिएको सूचनाका आधारमा खोजी भइरहेको उनले बताए । नेपाली राजदूतावास र भारतीय प्रहरीले खोजी र उद्धारमा सहयोग पु¥याउँदै आएको पाण्डेको भनाई थियो ।

मङ्गलबार उद्धार गरिएका पाँच चेलीहरूलाई थप अनुसन्धानका लागि सीआइबीमा ल्याइएको थियो । उनीहरू माइती नेपालको संरक्षणमा रहेको बुझिएको छ । विगतमा भारतमा बेचिने नेपाली चेलीहरू पछिल्लो समय खाडी देशहरूमा पु¥याइन्छन् । त्यहाँ उनीहरूमाथि चरम शोषण हुने गरेको तथ्य सार्वजनिक भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot