Logo

अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता



काठमाडौँ, १८ साउन ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले राजदूत पुरीसँग दुईदेशबीचको सम्बन्ध बिगार्न केही व्यक्ति सक्रिय रहेको बताउनुभएको ओलीको भनाइ उद्धृत गर्दै उहाँका स्वकीय सचिव अनिश दाहालले जानकारी दिनुभयो ।

सम्बन्ध सुधारका लागि ओली र राजदूत पुरीबीच दुई देशको सम्बन्ध सुधार्नेबारेमा छलफल भएको थियो । छलफलमा ओलीले राजदूत पुरीलाई केही व्यक्तिले सम्बन्ध बिगार्न खोजे पनि राजनीतिक तह र जनस्तरमा भने सम्बन्ध राम्रो रहेको जानकारी गराउनुभएको थियो ।

राजदूत पुरीले ओलीलाई चुनावमा एमाले पहिलो दल भएकाले बधाईसमेत दिनुभएको बताइएको छ । राजदूत पुरीले भारतको ७०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँस्थित दूतावासमा हुने समारोहको विशेष अतिथिका रुपमा निमन्त्रणा दिन बालकोट आउनुभएको बताइएको छ ।

समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि आउने र उहाँले पनि ओलीको सहभागिता खोजेकाले पुरीले निमन्त्रणा दिन आएको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot