Logo

प्रकाश दाहालले मौकामा चौका हानेपछि



साउन १९, काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकबाट गालीगलौज गरेको आरोपमा प्रहरीले निरब ज्ञवालीलाई पक्राउ गरेपछि धेरैका ध्यान आकर्षित भयो ।
गत बुधबार पुतलीसडकबाट पक्राउ परेका निरब अरु कोही नभएर भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा हुन् । र उनले फेसबुकमा गाली गरिएकी व्यक्ति उनै निरबका बाबु अर्थात देवी ज्ञवालीसँग भरतपुर महानगरपालिकामा मेयरका लागि प्रतिस्पर्धी रेणु दाहाल हुन् ।

पुष्पकमल दाहाल पुत्री दाहालमाथि फेसबुकमा गालीगलौज गर्ने ज्ञवाली पक्राउ परेपछि दाहाल पुत्र प्रकाश दाहालले पनि फेसबुक पेजमा प्रतिक्रिया दिएका छन् । दाहालले निरब ज्ञवाली पक्राउको सन्दर्भलाई जोडेर जो–सुकैमाथि जुनसुकै व्यक्ति, दल समर्थकले जे–सुकै बहानामा चरित्रहत्या गरुन्, तिनीहरु कानूनको दायरामा आउनैपर्छ भनि स्टाटस राखेका हुन् ।

यसअघि भरतपुर महानगरको मतपत्र च्यातिएपछि निरबले माओवादी उम्मेदवार रेणु दाहाललाई अपशब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । सोही स्टाटसका आधारमा रेणुका पती अनिलकुमार पाठकले चितवन प्रहरीमा उजुरी दिएका थिए । पाठकले डोटीका एसबी भनिने सन्तोष बोहोराविरुद्ध पनि उजुरी दिएका थिए ।
प्रकाश दाहालले फेसबुकमा राखेको स्टाटस् यस्तो छ :
सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गर्ने व्यक्ति गिरफ्तार भएको केही दिनपछि रेणु दाहालको चरित्र हत्या गर्ने भरतपुर एमाले मेयरका प्रत्याशीका पुत्र निरब ज्ञवाली गिरफ्तार परेछन्। जो–सुकैमाथि जुनसुकै व्यक्ति, दल समर्थकले जे–सुकै बहानामा चरित्रहत्या गरुन्, तिनीहरु कानूनको दायरामा आउनैपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot