Logo

च्याम्पियन्स लिगमा तेस्रो चरणको खेल सकियो



काठमाडौं, १९  साउन । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि तेस्रो चरणका छनोट खेल सम्पन्न भएका छन् ।

बुधबार राती भएको तेस्रो चरणको छनोटपछि स्कटल्याण्डको सेल्टीकले प्ले अफ् चरणमा स्थान बनाएको छ ।नर्वेको क्लव रोजेनबर्गलाई १÷० ले हराउँदै सेल्टिक युरोपियन क्लब फुटबलको शीर्ष प्रतियोगिता नजिक पुगेको हो ।

बुधबार रातीका खेलमा विजयी हुँदै साईप्रसको अपोईल निकोसिया, रुसको सि.एस.के.ए मस्को, टर्कीको ईस्तानबुल बासाक्शेर, चेक गणतन्त्रको स्लाभिया प्राग, डेनमार्कको एफ.सी कोपनहेगन, रोमानियाको स्टावा बुकारेष्ट, स्विट्जरल्याण्डको योङ ब्वाईज र काजखस्तानको एफसी अस्टाना पनि च्याम्पियन्स लिगको प्ले अफ् चरणका लागि छनोट भएका छन् ।

फ्रान्सको निससँग अवे गोलमा पराजित हुँदै नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम भने प्रतियोगिताबाट बाहिरिएको छ । अब प्ले अफ् चरण सकिएपछि यस सिजनको युएफा च्याम्पियन्स लिगको समूह चरणमा सहभागि हुने सबै ३२ टोलीको टुंगो लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot