Logo

राष्टवादी विद्यार्थी संगठनले निर्वाचन आयोगलाई बुझायो ज्ञापनपत्र



काठमाडौं, १९ साउन । राष्ट्रबादी विद्यार्थी संघले आचारसंहिता पालना नभएको भन्दै निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष उज्वल पोखरेलको नेतृत्वमा गएको टोलीले उप्रान्त सबै निर्वाचनमा अनिवार्य रुपमा आचारसंहिता पालना गर्न–गराउनको निम्ति निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगी ज्ञापनपत्र बुझाएको हो ।

विज्ञप्तीमा भनिएको छ,‘यस अघिका निर्वाचनमा बालबालिको प्रयोग, आर्थीक चलखेल भएको, विभिन्न प्रलोभनमा पारेर पार्टी परित्याग गर्न लगाएको, मदातालाई प्रभावित पारेकाजस्ता कुराहरुले आचारसंहीता उल्लघन भएको सर्वबिधितै छ।’

विज्ञप्तीमा अघि भनिएको छ,‘यस्ता गलत क्रियाकलापप्रति निर्वाचन आयोग निरिह र मुकदर्शक भएर बसेको भान हुँदा हाम्रो संगठनको ध्यानाकर्षण भएको छ।’

ज्ञापनपत्रमा भनिएको छ,‘अब उपरान्त हुने सम्पूर्ण निर्वाचनमा यथाशिग्र समयमै संचालन गर्न, आचासंहिताको पूर्ण परिचालन गराउन र प्राप्त दण्ड सजायको व्यबस्था गरी कडाईका साथ कारबाही गर्न अनुरोध गर्दछौँ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot