Logo

मन्त्री बलायर र राजदूत हङबीच शिष्टाचार भेट



काठमाडौँ, १९ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग नेपालका लागि चिनियाँ राजदूत यु हङले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा राजदूत हङले स्याफ्रुबँेसी–रसुवागढी सडक निर्माणको काम छिट्टै गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले चिनियाँ लगानीमा सञ्चालित परियोजना चाँडो सम्पन्न गरी थप योजनामा सहयोग गरिने विश्वास पनि व्यक्त गर्नुभएको मन्त्री बलायरका प्रेस सहयोगी रमेश जोशीले राससलाई जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री बलायरले अरनिको राजमार्गमा दोस्रो चरणको मर्मत गर्न चीन सरकारको सहयोगका लागि अनुरोध गर्नुभयो । अरनिको राजमार्ग मर्मत गर्न चीन सरकार सकारात्मक रहेको राजदूत हङले जानकारी दिनुभयो ।

नेपालमा पूर्वाधार निर्माणका काममा निरन्तर सहयोग गर्न चीन सरकार तयार रहेको पनि उहाँले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्