Logo

साताको अन्तिम दिन विहिबार शेयरबजारमा गिरावट



साउन १९, काठमाण्डौ । विहिबारको कारोबारमा नेप्से परिसुचकमा सामान्य अंकको गिरावट आएकोछ । १ हजार ६ सय ६२ दशमलव ७४ अंकबाट हरियो भएर सुरु भएकोमा विहिबारको बजारमा १ हजार ६ सय ६० दशमलव ५८ अंकमा ओरालो लागेर बन्द भएकोछ । विहिबार कारोबार रकममा निरन्तर वृद्धि हुँदा पनि सूचकमा भने ओरालो लागेको छ ।

साताको अन्तिम दिन बिहीबार बजार नाप्ने नेप्से परिसूचक २ दशमलव १६ अंकले ओरालो लागेर १ हजार ६ सय ६०.५८ विन्दुमा बन्द भएकोे छ । समग्रमा बजार ०.१३ प्रतिशतले तल झरेको हो । त्यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सेटिभ परिसुचक शून्य दशमलव २४ अंकले ओरालो लागेर २ सय ४८ दशमलव २२ अंकमा बन्द भएकोछ ।

पछिल्लो समय पुँजी बजारमा लगानीकर्ता थपिएसगै बजारको आकार विस्तार भएको छ । बिहीबार कुल १६३ कम्पनीको १ अर्ब १३ करोड७७ लाख ५ हजार ५ सय ५५ रुपैया बराबरको शेयर खरिदविक्री भएकोछ । १० हजार १ वटाको कारोबारबाट कुल २८ लाख ५१ हजार ४६९ कित्ता सेयर किनबेच भएका हुन् । नेप्सेमा सूचीकृत कुल ८ वटा समूहमध्ये ३ वटामा हरियाली देखिएको छ भने बाँकी ५ वटा समूहमा ओरालो लागेकोछ ।

विहिबारको कारोबारमा सबैभन्दा धेरै वित्त समूहको परिसुचक १२ दशमलव ९२ अंकले उकालो लागेर ८ सय १८ दशमलव १३ अंकमा बन्द भएकोछ । पुँजी बजारमा सबैभन्दा बढी हिस्सा ओगट्ने वाणिज्य बैंक समूहमा शून्य दशमलव ८९ अंक र अन्य समूहको परिसुचक १ दशमलव ४४ अंकले उकालो लागेकोछ । त्यसैगरी विहिबारको कारोबारमा सबैभन्दा धेरै बिमा समूहको सूचकमा ह्रास आएको छ ।

बिमा समूह समग्रमा ४५ दशमलव ३ अंकले ओरालो लागेर ९ हजार ४ सय ५२ दशमलव ४ शून्य अंकमा बन्द भएकोछ । त्यसैगरी उत्पादनमूलक समूह पनि १७.३७ अंक, विकास बैक १ ३ दशमलव ६७ अंक, जलविधुत समूह ११ दशमलव १ र होटल समूह १० दशमलव १२ अंकले ओरालो लागेकोछ । विहिबार कारोबार रकममा भने मुक्तिनाथ विकास बैंकले कारोबार गरेकोछ । मुक्तिनाथको १० करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । ४० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि यो बैंकको कारोबारमा तेजी आएको हो ।

यसैगरी, कारोबार रकमका आधारमा दोस्रो नेपाल ग्रामीण विकास स्थानमा र तेस्रो स्थानमा नेपाल लाइफ इन्सुरेन्स परेका छन् । त्यसैगरी विहिबार नेशनल माइक्रोफाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा जेनेरल फाइनान्स लिमिटेडका लगानीकर्ताहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्