उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा सम्बन्धी नयाँ कार्ययोजना सार्वजनिक गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री श्रेष्ठले अस्थायी शिक्षकलाई सबैभन्दा बढि माया गर्ने आफू नै भएको दाबी गरेका छन् । मन्त्री श्रेष्ठसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश ः
संविधान संशोधन प्रधानमन्त्रीले निर्णयर्था पेश गर्न सक्नुहुन्छ ?
सक्नु हुन्छ।
कहिले गर्नु हुन्छ ?
यही महिनामा गर्नुहुन्छ ।
संविधान संशोधन प्रस्ताव पास हुन्छ ?
कोशिस गछौँ। प्रधानमन्त्री पनि लागि रहनुभएको छ ।
बहुमत पुग्छ त ? बहुमत छ सरकारसँग ?
प्रतिपक्ष दलले पनि भोट हाल्छ ।
उसो भए एमालले पनि भोट हाल्छ ?
एमाले सकारात्मक छ । उहाँहरुले बुझ्नुपर्छ ।
राप्रपा अध्यक्ष कमल थापा रुष्ट हुनुहुन्छ नि ?
उहाँले भोट हाल्नुहुन्छ ।
काँग्रेसले राजपालाईसँगै निर्वाचनमा लिन चाँहदैन भन्छन् ?
बिल्कुल गलत हो । राजपा निर्वाचनमा भाग लिन्छ । लिनुपर्छ ।
यो काँग्रेसको भनाई हो कि सरकारको ?
हामी सबैको हो ।
राजपाले निर्वाचनमा भाग नलिए पनि चुनाव हुन्छ ?
आउँदैन भन्ने नै छैन् । तोकिएको समयमा निर्वाचन सम्पन्न हुन्छ ।
२ नम्बर प्रदेशको निर्वाचनमा काँग्रेसको रणनिती के छ ?
हामी जन्मेको भूमि हो। हामो पार्टी काँग्रेसको ठुलो शक्ति दुई नम्बरमा छ । हामी पहिलो हुन्छौ ।
अब हुने निर्वाचनमा तालमेल गर्नु हुँदनै ?
हुन्छ । किन नहुने ।
को–को सँग तालमेत गर्नुहुन्छ ?
माओवादी केन्द्र र हामीलाई साथ दिने अरु जुनसुकै पार्टीसँग हामी तालमेल गछौँ।
उपेन्द्र यादव, विजय गच्छदारसँग पनि गर्नुहुन्छ ?
गछाँै।
एमालेले दुई नम्बरमा आफुले बाजि मार्ने भनेको छ नि ?
भन्ने एउटा कुरा हो । रिजल्ट फरक कुरा हो । २ नम्बर प्रदेशको रिजल्ट हाम्रो पक्षमा आउँछ ।
१२७ सिट मध्य काँग्रेसले कति सिट जित्छ ?
त्यही ७५ सिट काँग्रेसले जित्छ ।
मधेशका जनताको गुनासो छ नि काँग्रेसले केही गरेन भनेर ?
होईन। काँग्रेसले मधेको लागि धेरै गरेको छ । जे भएको छ। जे गरिएको छ । जे हुँदैछ त्यो सब काँग्रेसको देन हो । अहिलेको सरकारमा दुई नम्बर प्रदेशबाट ३ जना मन्त्री बन्नु भएको छ ।
उसो भए सबै तहको निर्वाचन समयमै सम्पन्न हुन्छ ?
समयमै हुन्छ ।
शिक्षामन्त्रीको हैसियतमा बताईदिनुस कि शिक्षा क्षेत्रको विकासको लागि तपाईसँग छ गुरु योजना ?
अब हाम्रो मुलुकमा पुरानो तरिको शिक्षा नीतिले काम गर्दैन । यही कारण हाम्रो देशका यूवाहरु पलयान भएका छन् । अबको शिक्षा उत्पादन दक्ष हुनेछ । उच्चस्तरिय टोली अष्ट्रेलियामा गएका थियौ ।
अस्थायी शिक्षकलाई स्थायी बनाउने काममा तपाईले असहयोग गर्नुभयो रे नि ?
अस्थायी शिक्षकलाई सबैभन्दा माया गर्ने कोही हो भने गोपालमान श्रेष्ठ हो । म प्रयन्त गरिरहेको छु । उहाँका माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा हाम्रो बीचमा सहमति गरेका छौँ ।
उसो भए अब अस्थायी शिक्षकहरु स्थायी हुनुहुन्छ भनेर भन्दा हुन्छ ?
जति पनि अस्थायी शिक्षक परिक्षामा पास हुनुहुन्छ । उहाँहरु स्वतः स्थायी हुनुहुन्छ। असफल भएका शिक्षकलाई गोल्डेन हेन्डचेक हस्तान्तरण गरिने छ ।
त्यसपछि उहाँहरुलाई घर फर्काउने ?
उहाँको सम्मानका साथ यो काम गर्दैछौ ।
भनेपछि तपाईको पालामा अस्थायी शिक्षकका माग पुरा हुन्छन् ?
हुन्छन् ।
डाक्टर गोविन्द केसीका मागका सम्बन्धमा तपाई गम्भिर हुनुभएन भनिन्छ नि ?
सबैभन्दा म चिन्ता गर्ने मानिस हुँ । उहाँका जायज माग सम्बोधन गर्न सरकार तयार छ। उहाँका माग संसदमा छ । त्यसका बारेमा हामी गम्भिर छाँै। माथेमा, डा. केसी, स्वास्थ्यमन्त्री लगायत सबै मिलेर हामीले उहाँलाई जानकारी गराएका छौँ। उहाँको अनसन तोड्नको लागि हामीले आग्रह गरेका छौँ।
१२ औँ दिनमा पनि डाक्टर केसीका मागका बारेमा सरकार गम्भिर भएन नि ?
गम्भिर छ । प्रधानमन्त्रीको नेतृतवले उच्च स्तरीय समिति गठन गरेर भएपनि यसको समाधान गर्नुपर्छ । उहाँका प्राय माग पुरा हुन्छन् । ऐन बनाउनेमा हामी तयार छौँ।