Logo

संविधान संशोधनका लागि राजपाको दबाबपछि देउवाको दौडधुप सुरु



काठमाण्डौ, २२ साउन । राष्ट्रिय जनता पार्टीले एक दुई दिनभित्र नै संविधान संशोधनको विषयमा टुङ्गो लगाउन सरकारलाई दबाब दिएको छ ।

लामो समयअघिदेखि संविधान संशोधनको आश देखाएर पनि ठोस प्रगति गर्न नसकेकोमा सरकारको आलाचना गर्दै राजपाले दबाब दिएको हो ।
अब पनि सरकारले विभिन्न बहाना देखाएर संविधान संशोधनलाई अगाडि बढाएन भने चुनाव बहिष्कारको निर्णय समेत गर्ने चेतावनी राजपाले दिएको छ ।

राजपाको चेतावनीपछि प्रधानमन्त्री शेरबहादुर देउवा संविधान संशोधन प्रस्तावलाई संसदमा पेश गर्ने उपाय खोज्न थालेका छन् । प्रधानमन्त्री देउवाले तत्काल नेकपा एमालेलाई मनाएर संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने तयारी गरेका हुन् ।

देउवाले एमालेका शीर्ष नेताहरुलाई भेटेर संशोधन प्रस्ताव पेश गर्नका लागि सहयोग माग्ने तयारी गरेका हुन् । देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु झलनाथ खनाल र माधबकुमार नेतालाई भेटेर छलफल गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्