Logo

भूकम्प अति प्रभावित जिल्लामा पुनः सर्वेक्षण गर्ने तयारीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण



२२ साउन, काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी साउन २६ गतेदेखि भूकम्प अति प्रभावित आठ जिल्लामा पुनः सर्वेक्षणको काम सुरु गर्ने भएको छ । भदौभित्र काम सक्ने गरी प्राधिकरणले पुनः सर्वेक्षणको काम सुरु गर्न लागेको हो ।
पहिलो चरणमा अति प्रभावित ओलखढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, नुवाकोट, रसुवामा गोरखामा छुट सर्वेक्षण तथा पुनः जाँचको काम सुरु गर्ने तयारी भइरहेको छ । त्यस्तै दोस्रो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर र धादिङमा छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु हुने कार्ययोजना बनाइएको छ ।


भूकम्प अति प्रभावित १४ जिल्लामा ८१ हजार ८२ परिवारको पुनः जाँच र ५२ हजार २ सय ८७ जना परिवारको छुट सर्वेक्षण गर्नुपर्ने प्राधिकरणको लक्ष्य छ ।
दोस्रो चरणमा १ सय ६४ जना इन्जिनियरहरु परिचालन हुने र उनीहरुका लागि आगामी साउन २६ गतेबाट तालिम दिइने छ ।
पहिलो चरणको सर्वेक्षणमा खटिने इन्जिनियरहरुको लागि भने आइतबारबाट तालिम सुरु भएको छ । काठमाडौंमा सुरु भएको तालिममा १ सय ६८ जना इन्जिनियरहरु सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot