Logo

रोनाल्डो ‘इंग्ल्यान्ड फिर्ता हुन चाहन्छन्’



म्याड्रिड, २२ साउन  । विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनबाट इंग्ल्यान्ड आउन चाहेको बताएका छन् ।

रोनाल्डोले स्पेनमा ‘कर’का बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै ‘आफू इंग्ल्यान्ड फिर्ता हुन चाहेको’ बताएको स्पेनी रेडियो स्टेसन क्याडेना सेरले शनिबार (आज) जनाएको हो ।

रियल म्याड्रिड क्लबका तर्फबाट खेल्दै आएका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा गत सोमबार अदालतले सुनुवाइका लागि बोलाएको छ । उनीमाथि एक करोड ७३ लाख अमेरिकी डलर बाराबरको कर छली गरेको आरोपमा स्पेनी अदालतमा मुद्दा चलाइएको छ ।

रोनाल्डोले बेलायती ‘भर्जिज आइलेण्डस’ र आएरल्याण्डमा रहँदा ख्याति कमाएका थिए । यद्यपि रोनाल्डोले भने सन् २००४ मा आफूले बेलायती क्लब ‘म्यानचेस्टर यूनाइटेड’मा रहँदा सामान्य उचाई हासिल गरेपनि आफूले सन् २००९ मा रियलमा प्रवेश गरेपछि व्यापक ख्याति पाएको बताउदै आएका छन् ।

स्पेनमा उच्च तहका सबै फुटबल खेलाडीमाथि कर छली आरोपमा अनुसन्धान जारी राखिएको बताएपनि रोनाल्डोले भने आफ्नो प्रसिद्धिमा प्रभाव पार्ने अभिप्रायले सो आरोप लगाइएको दावी गरेका छन् ।

उनले अदालतमा यदि आफू क्रिस्टियानो रोनाल्डो भनेर नचिनिएको भए अदालतमा हाजिर गराइने थिएन भनी अदालतमा समेत जनाएको स्पेनी सन्चारमाध्यमले उल्लेख गरेका छन् ।

चारपटकसम्म विश्व विजेता बनेका रोनाल्डोले सामाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन्, ‘मेरो चमत्कार र ख्यातिले मानिसलाई के बिगारेको थियो । कीराहरूले मात्र बत्ती र उज्यालोलाई आक्रमण गर्छन् ।’

स्पेनको आन्तरिक राजस्व मामिला सम्वद्ध जेस्था यूनियनका एक विज्ञले भनेका छन्, ‘यदि यो मुद्दामा रोनाल्डो दोषी ठहरिएमा उनले कम्तिमा दुई करोड ८० लाख यूरो बराबर जरिवाना र तीन बर्ष जेल सजाँए हुनेछ ।’

रियलका प्रशिक्षक जिनेदिन जिदानले गतजुनमा भएको च्याम्पियन लिगको फाइनलपछि रोनाल्डोलाई दिएको बिदापछि शनिबार (आज)मात्र स्पेनमा प्रशिक्षणमा फिर्ता भएको बताए । उनलाई आराम गर्न बिदा दिइएको थियो । रासस/एएफपी



प्रतिक्रिया दिनुहोस्

Screenshot