Logo

बैँकमा रकम जम्मा गर्दा अनिवार्य रुपमा वैधानिक परिचय पत्र चाहिने



साउन २३, काठमाण्डौ । सुरक्षा चासोप्रति संवेदनशिल बन्दै राष्ट्रबैँकले बैँकमा रकम जम्मा गर्ने नयाँ नियमको सुरुवात गरेको छ । अब बैँकमा रकम जम्मा गर्दा अनिवार्य रुपमा परिचय खुल्ने वैधानिक परिचय आवश्यक पर्ने भएको छ । नयाँ नियमलाई सेवाग्राहीले भने झन्झटिलो प्रक्रियाको रुपमा लिएका छन् ।

नेपाल राष्ट्रले बैंकिङ्ग ग्राहकहरुले बैंकमा रकम जम्मा गर्न जाँदा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने परिचयपत्र बोक्नुपर्ने भएको छ ।

सम्पति शुद्धीकरण तथा आतङ्कबादी क्रियाकलपामा वित्तीय लगानी हुनबाट रोक्न राष्ट्र बैंकले साउन १ गतेदेखि यस्तो व्यवस्था गरेको हो । तर यस्तो व्यवस्थाबाट सेवाग्राहीहरुलाई भने झन्झट थपिएको छ । राष्ट्र बैंकले गरेको यो व्यवस्थासँगै अरुको बैंक खातामा १ रुपैयाँ जम्मा गर्न पनि आफ्नो परिचयपत्र खुलाउनु पर्ने हुन्छ । यदी आफ्नो सरकारी परिचयपत्र बोक्न विर्सियो भने रकम जम्मा गर्न सकिन्दैन ।

राष्ट्र बैंकद्वारा जारी परिपत्रमा ग्राहकबाहेक अन्य कुनै व्यक्तिले ग्राहकको खातामा नगदै जम्मा गर्न आएमा रकम जम्मा गर्ने व्यक्तिको पहिचान हुनसक्ने विवरण तथा कागजात लिनुका साथै नगद जम्मा गर्नुको प्रयोजनसमेत खुलाउनुपर्ने छ । यस्तो व्यवस्था ग्राहकहरुको सुविधाको लागी हो । तर सेवा लिने ग्राहक नै असन्तुस्ट भएका छन् ।
आतङ्कबादी गतिविधिमा आर्थिक क्रियाकलाप नहोस् भनेर राष्ट्र बैंकले बैंकहरुमा हुने स–सानो कारोबारको समेत स्रोत खुलाउनु पर्ने व्यवस्था गरेको हो । ग्राहकहरुमा भएको असहजतालाई भने चासोका साथ हेरिएको राष्ट्रबैँकको भनाई छ ।

सुरक्षा रणनीति अपनाउँदा केही समस्या देखिए पनि नयाँ नियमले दिएको सास्तीप्रति राष्ट्रबैँक संवेदनशील रहेको राष्ट्रबैँकका प्रवक्ता नारायण पौडेलले बताएका छन् ।
विगतमा १० लाख रुपैयाँभन्दा माथिको रकम जम्मा गर्दा मात्रै परिचयपत्र खोजिन्थ्यो ।

तर ससानो कारोबारमार्फत पनि सम्पत्ति सुद्धिकरण हुनसक्ने विश्लेषण गर्दै राष्ट्र बैंकले परिचयपत्र खोल्नुपर्ने व्यवस्था गरेको हो । पहिचान खुलेका र खुलाउन सक्ने ग्राहकले मात्रै बैंकिङ कारोबार गरुन र बैंकिङ कारोबारमार्फत आतंकबारी गतिविधिमा वित्तीय लगानी नहोस् भन्ने उद्देश्यले राष्ट्र बैकले यस्तो कडाई गरेको हो । आतङ्कबादी आर्थिक कृयाकलाप रोक्न भन्दै राष्ट्र बैंकले गरेको नयाँ ब्यवस्थाले बैंकहरुमा सानो सानो रकमको स्रोतसमेत खोज्न थालेको हो । ग्राहकवाहेक अन्य व्यक्तिले उसको खातामा नगदै जम्मा गर्न आएमा रकम जम्मा गर्ने व्यक्तिले आफ्नो पहिचान हुने विवरण पनि बैंकलाई दिनु पर्छ ।

नत्र बैकले एक रुपैयाँ पनि जम्मा गर्दैन । बैंकले आफ्नै जोखिममा पैसा जम्मा गरिदिए भने कर्मचारी कारवाहीमा पर्छन् । ट्रेलरमा बस्ने कर्मचारीलाई पनि ठूलो रकम जरिवाना हुने भएकाले उनीहरुले जोखिम उठाएर पैसा जम्मा गरिदिने अवस्था छैन ।



प्रतिक्रिया दिनुहोस्