Logo

मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सियमसिबाट मारमा परेको भन्दै नेपाली व्यवसायी संघर्ष समितिले सरकारसामू तेर्सायो तीन बुँदे माँग



काठमाडौं, २४ साउन । मेलम्ची खानेपानी आयोजना निर्माण कार्य जिम्मा लिएको ईटालियन कम्पनी सियमसिबाट पीडित बनेको नेपाली व्यवसायी संघर्ष समितिले सरकारसामु ३ बुँदे माग अघि सारेको छ ।

रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सम्पूर्ण संलग्न सुचि बमोजिमका नेपाली फर्महरुको क्षतिपूर्तिसहितको पैसा भुक्तानी गर्नुपर्ने, मेगाटेक सम्झौता लगायतको सम्पूर्ण सामाग्री सम्झौता बमोजिम सियमसिद्धारा मर्मत संभार गरि तत्काल फिर्ता गर्नुपर्ने र सुरुङ निर्मणमा प्रयोग गरिने बिषाधि खोलामा डिस्पोज गर्ने कार्य बन्द गरिनुपर्ने लगायतका माँग अघि सारेको हो।

समितिका संयोजक विश्वराज गुरुङ्ले ईटालियन कम्पनी सियमसिले कानूनको धज्जी उडाईरहेको आरोप लगाए ।

उनले भने,‘नोपलको कानुन भन्दा माथि बसेर यसले यस्तो हर्कत देखाईरहेको छ, यस्तो स्थितिमा हामी नेपालीहरुले किन मुखदर्शक भएका छौ?हामीले चालेका कदमहरुमा हाम्रै सुरक्षा कर्मीले हामी माथि किन ज्यादती गर्छन? तत्काल हाम्रा मागहरु पुरा नगरिएका मेलम्ची खानेपानि निमार्णको काम नै अबरुद्ध पार्नेछौँ।’

त्यस्तै संर्घर्ष समितिका सदस्य एवम् ईन्जिनियर श्रीराम न्यौपानेले स्थानीय माँगहरु राष्ट्रियतासँग जोडिएकाले सबैले सचेत हुनुपर्नेमा जोडदिए।

उनले भने,‘हाम्रा मागहरु हाम्रो स्वार्थ पुर्तिको लागि होईनन, हाम्रो मुलुकको भविष्यसँग जोडिएका विषय वस्तुसँग जोडिएका छन्, भुक्तानि पाएका छैनौ, नेपाली व्यबसायिहरुले किनेर निमार्णमा प्रयोग गरेका मेसिन काम नलाग्ने बनाई सकेका छन्, सामाजिक वातावरणलाई धुमिल बनाउने काम भईरहेको छ, यस्तो स्थितिमा हामी चुप लागेर बसेका छांै।’

उनले अघि थपे,‘हाम्रो चिन्ता भनेको मेलम्ची खानेपानीको कारण भोलिका सन्ततिले दुःख नपाउन, कुनैपनि हालतमा सुद्धपानि राजधानी वासिले उपभोग गर्न पाउन, खानेपानिको सुरुङ गुणस्तरपूर्ण होस्, तर हाम्रो सरकार यस्ता भविष्यमा आउने खतराको बारेमा मौन छ, आजै सुरुमा पानि चुहिरहेको छ, कतै सेतो पानि, कतै कालो पानि यस्तो स्थितिमा भोलि बिहान पानि खाएकै न्युहुमा कोही मर्यो भने त्यसको जिम्मेवार को हुन्छ? त्यसैले पर्सि विहिबारसम्म कुनै पनि हालतमा हाम्रा माग पुरा गर्नुपर्छ यदि गरिदैन र आलटाल गरिन्छ भने यो ईटलि कम्पनिको दादागिरी र गुणस्तरहिन सुरुङ निमार्णको काम अवरोध गर्न बाध्य हुनेछौँ।’

उनले फरक प्रसँगमा मेलम्ची खानेपानीको निर्माणमा अभ्यासयार्थी विद्यार्थीको हस्ताक्षरले निमार्णको गुणस्तर नापेको बताए । उनले भने,‘यस्तो गुणस्तरको लागि अभ्यास गर्नको लागि खटिएका ईन्जिनियरले सही छाप गरेको निर्माणको कसरी हामीले भरपर्नुछ।’



प्रतिक्रिया दिनुहोस्