Logo

प्रधानमन्त्री देउवाले आज मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्दै



साउन २५, काठमाण्डौ । तोकिएको समयमा मेलम्ची खानेपानी आयोजना सम्पन्न नहुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफै निरीक्षणमा जान लागेका छन् । आगामी असोजभित्र मेलम्चीको खानेपानी वितरण गर्ने भनिए पनि त्यो असम्भव भइसकेको छ ।
जतिसक्दो छिटो काम सम्पन्न गरेर पानी वितरण गर्न दबाब दिनका लागि प्रधानमन्त्री देउवाले आज मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्ने जान लागेका हुन् ।
प्रधानमन्त्री देउवासहितको टोली हेलिकोप्टरबाट मेलम्ची जाने कार्यक्रम तय भएको हो ।
मेलम्ची खानेपानी आयोजनाले आगामी पुससम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने अर्को भाका राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्