Logo

निजामती कर्मचारीले हवाई यात्रा गर्दा नेपाल वायु सेवा निगमको विमान मात्र प्रयोग गर्नुपर्ने



साउन २५, काठमाण्ठौ । संसदको सार्वजनिक लेखा समितिले सार्वजनिक पदधारण गरेका तथा निजामती कर्मचारीलाई हवाई यात्रा गर्दा नेपाल वायु सेवा निगमको विमान मात्र प्रयोग गर्न निर्देशन दिएको छ । नेपाल वायु सेवा निगमलाई आर्थिक रुपमा समृद्ध बनाउन पनि सार्वजनिक पदधारण गरेका व्यक्ति र सरकारी कर्मचारीहरुले हवाई यात्रा गर्दा नेपाल वायु सेवा निगमको विमान प्रयोग गर्नुपर्ने समितिको ठहर छ ।

लेखा समितिले जहाज खरिद प्रकरणका सम्बन्धमा ५ दिन भित्र चित्तबुझ्दो जवाफ पेश गर्न पनि सरकारलाई सचेत गराएको छ ।
लेखा समितिले नेपाल वायु सेवा निगमको इन्जिनियरिङ, मार्केटिङ र अपरेशन तीन वटै विभागको व्यवस्थापकीय सुधार १ महिना भित्र तयार पारी लागू गर्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्रनारायण देवले निगमको जहाज सेवालाई भरपर्दो बनाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बैठकमा समितिका सदस्यहरुले निगमको जहाज खरिद प्रक्रिया पारदर्शी नभएको आरोप लगाएका थिए । सांसदहरुले सरकार निगमको जहाज सेवालाई भरपर्दो बनाउन जिम्मेवार नबनेको दाबी समेत गरे ।

 



प्रतिक्रिया दिनुहोस्