Logo

चीन–भारत विवादमा नेपाल कुन कित्तामा ?



काठमाडौ, २५ साउन । भुटान र चीनको सीमा क्षेत्र दोक्लाममा भारतीय र चिनिया सेना आमने सामने भएसँगै उत्पन्न विवादलाई लिएर नेपालको भूमिकाको बहस भईरहेको बेलामा नेपाललाई आफ्नो पक्षमा पार्न दुई देश सक्रिय भएका छन ।

दुई आणविक शक्तिसम्पन्न राष्ट्रहरुविचको विवादमा मध्यवर्ती राष्ट्रको रुपमा रहेको नेपालको विवाद समाधानको दिशामा मध्यमार्गी भूमिका महत्वपूर्ण हुने धारण विज्ञहरुबाट आईरहेको र नेपाल स्वयमले पनि यो विवादमा औपचारिक रुपमा मुख नखोलेको परिस्थितिमा नेपाललाई आफ्नो पक्षमा पार्न दुई मुलुक सक्रिय भएका हुन ।

यसक्रममा भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराज बिहीबार नेपाल आउँदै छिन । उनी नेपालको तटस्थताको नीतिभित्रको आन्तरिक अन्र्तबस्तु बुझ्न नेपाल आउन लागेकी हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री सहित प्रमुख दलका शिर्ष नेताहरुलाई भेट्ने कार्यतालिका बनाएर नेपाल भ्रमणमा आउन लागेकी स्वराजले चीन भारत विवादमा नेपालको औपचारिक स्टाण्ड र धारणा के हो ? त्यो बुझ्ने छिन ।

चिनिया उपप्रधानमन्त्री साउन ३० गते नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा नेपाल आउने भारतीय विदेश मन्त्रीले नेपालको विवादको विषयमा धारणा बुझ्नुको साथै चिनियाँ उपप्रधानमन्त्रीको भ्रमणलाई समेत ट्रयाकलको प्रयास गर्ने उच्च स्रोतले जानकारी दिएको छ ।

त्यसको लागि स्वराजले भारतीय दुतावासमा रात्रीभोजको आयोजना गरेकी छिन । जसमा उनले एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्डसहित सबै दलका शिर्ष नेताहरुलाई आमन्त्रण गरेको दुतावास स्रोतले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्