Logo

भारतसँग प्रधानमन्त्री शेरबहादुर देउवाले यसरी ‘डिल’ गर्नुपर्छ : डा.नारायण खड्का



खड्का भन्छन्, “भारत र चिनबिच युद्धको खतरा छ, नेपाल तयारी अवस्थामा बस्नुपर्छ”

आगामी भदौको पहिलो हप्ता प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने तयारी भइरहेको । यही समयमा भारत र चिनबिचमा युद्धको अवस्था छ । दुई छिमेकीको द्धन्द्धले नेपाल प्रत्यक्ष प्रभावित हुने सम्भावना भएकाले नेपाल अहिले महत्वपूर्ण अवस्थामा छ । यसैबिचमा बमस्टेक बैठक पनि नेपालमा हुँदैछ । यस्तो संवेदनशील अवस्थामा नेपालको भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा चासोको विषय बनेको छ । यिनै सन्दर्भमा ऋषि धमलाले नेपाली कांग्रेसका नेता डा. नारायण खड्कासँग विशेष कुराकानी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नोपली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

बिमस्टेक बैठकको मूल उद्देश्य के हुनुपर्छ ?
यो परराष्ट्रमन्त्री स्तरीय बैठक हो । बैठकले एजेण्डाहरु तय गरेर नोभेम्बर १३ मा हुने शीर्ष बैठकका लागि तयारी गर्ने हो । प्राविधिक लागयतका अन्य सहयोगका क्षेत्रहरु यातायात, व्यापार, इनर्जी, वातावरण आदिका बारेमा विशेष एजेण्डाहरु तय गर्ने र सम्मेलनको मिति घोषणा गर्ने काम बिमष्टेक बैठकले गर्छ ।

भारत र चिनबिचको विवादले नेपालमा प्रभाव बढेको हो ?
दुई देशको विवादले युद्ध नै हुने हो कि भन्ने आशंका गरिएको छ । यो महत्वपूर्ण र संवेदनशील अवस्थामा नेपालले भारत र चिनसँगको सम्बन्धलाई विचलित हुन दिनु हुँदैन । सम्बन्धलाई राम्रोसँग केलाउनुपर्ने र अध्ययन गर्नुपर्ने हुन्छ ।

डा.नारायण खड्का, नेता, नेपाली कांग्रेस

यो अवस्थामा नेपालको भूमिका कस्तो हुनुपर्छ ?
भारतीय विदेशमन्त्री सुश्मा स्वराज नेपाल आउँदै हुनुहुन्छ । उहाँले नेपालका राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुलाई भारत र चिनबिचको विवादकभा बारेमा जानकारी गराउनहुनेछ । नेपालको समर्थन पनि खोज्नुहोला । यस्तो अवस्थामा नेपालले कुटनीतिक रुपमा भारतको समर्थनभन्दा पनि बिचको बाटो रोज्नुपर्छ । चिनबाट पनि उपप्रधानमन्त्री नेपाल आउँदै हुनुहुन्छ । उहाँ नेपाल आउनुको उद्देश्य विगतमा नेपाल र चिनबिच भएका सम्झौताको कार्यान्वयनका लागि हो । तर भेटघाटका अवसरमा भारत र चिन बिचको विवाद उहाँले पनि जानकारी गराउनुहोला । यस्तो अवस्थामा दुवै देशको पक्ष वा विपक्षमा नगएर शान्तिपूर्ण तरिकाले समस्या समाधान गर्नका लागि सुझाब दिनुपर्छ ।

दुई छिमेकीबिचमा विवाद भइरहेका बेला नेपालका प्रधानमन्त्री भारत भ्रमण जाँदै हुनुहन्छ । कस्तो प्रभाव पर्छ ?
दुईवटा परमाणु अस्त्रमा शक्तिशाली राष्ट्रबिचमा युद्ध नै हुने हो कि भन्ने अवस्थामा नेपालका प्रधानमन्त्री भारत जाँदै हुनुहुन्छ । यसलाई विभिन्न तरिकाले समिक्षा गर्ने खतरा पनि छ । भारत र चिनको मात्रै होइन, अमेरिका र कोरियाबिचमा पनि युद्ध हुन सक्ने अवस्था छ । रुस र चिनबिचमा पनि त्यस्तै अवस्था छ । अहिले विष्फोटक हुन सक्ने खतरमा एसिया छ । त्यसमा पनि हाम्रो क्षेत्र अत्यन्त संवेदनशील छ । चिन र भारतबिचमा युद्ध भइहाल्यो भने त्यसले अत्यन्त ठूलो समस्या निम्त्याउँछ । त्यसैले भारत भ्रमण चुनौतिपूर्ण छ । नेपाल तटस्थ बस्नुपर्छ ।

युद्धकै सम्भावना त छैन भनिन्छ नि ?
भारतीय प्रधानमन्त्रीका दुतले चिन पुगेर त्यहाँका राष्ट्रपतिलाई भेटिसक्नुभएको छ । संचारमाध्यहरु पनि गएका छन् । दुवै राष्ट्रले युद्ध नहोस भन्ने त चाहेका छन् । तर चिनले सार्वभौम सम्पन्न राष्ट्रको निर्णय हो । कसैले हस्तक्षप गर्न पाउँदैन भनेर भनिरहेको छ । विवादित भूमि भारतको पनि सामरिक महत्व मानिन्छ । भारत पनि अत्यन्त सतर्क छ । त्यसैले द्धन्द्ध हुन सक्ने अवस्था पनि छ ।

युद्ध भइहाल्यो भने नेपाल प्रभावित हुन्छ । यसका लागि नेपालले केके कुरामा ध्यान दिनुपर्छ ?
नेपालले त वार्ताको माध्यमबाट समस्या समाधानका लागि पहल गर्नुपर्छ । अर्कोतिर केही गरी युद्धको अवस्था सृजना भयो भने नेपालले आन्तरिक तयारी गर्नुपर्छ । अहिले पनि भैरहवा नाकामा भारतले कडाई गर्न सुरु गरेको छ । युद्ध भइहाल्यो भने त सबै नाका प्रभावित हुन्छ । आवतजावत ठप्प हुन्छ । सामान आयत बन्द हुन्छ । त्यो बेलामा के गर्ने भन्ने विषयमा नेपालले तयारी गर्नुपर्छ । नेपाल सरकार, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय लगायतका निकायले तयारी गर्नु जरुरी छ । किनकी हाम्रो आँगनमा नै युद्ध हुने सम्भावना छ ।

नेपालले कुटनीति पहल गर्न सक्ने अवस्था कस्तो छ ?
नेपालले सिधै दिल्ली वा बेइजिङ गएर कुनै पहल गर्न गाह्रो छ । तर अब त्यसको लागि हैसियत पनि राख्न सक्नुपर्छ । महत्वपूर्ण अवस्थामा नेपाल रहेकाले दुवै देशले पनि नेपालको सद्भाव लिन चाहन्छन् । द्धन्द्धलाई मिनिमाइज गर्ने उपाय नेपालले पनि खोज्न सक्छ । त्यसका लागि उच्चस्तरीय कुटनीतिक पहल जरुरी छ । प्रदेश नम्बर २ मा स्थानीय तहको चुनाव, प्रदेश र प्रतिनिधी सभाको चुनावको तयारीका बेला दुई देशको द्धन्द्धले नेपाल प्राभावित हुने भएकाले नेपालले यस बारेमा सोच्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot