Logo

कालिगण्डकी गाँउपालिकामा नागरिकता वितरण टोली आउने



कौरव खत्रीःगुल्मी २७ साउन । गुल्मीको कालिगण्डकी गाँउपालिकाबाटै दुई दिने नागरिकता वितरण हुने भएको छ । उक्क्त गाँउपालिकाबाट यहि श्रावण ३१ र ३२ गते दुई दिन जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता वितरणको लागि टोली आउने गाँउपालिकाका अध्यक्ष बेद बहादुर थापाले जानकारी दिनुभयो ।

नागरिकता प्रमाणपत्र नभएका, तर १६ वर्ष उमेर पुगेका गाँउपालिका भित्रका नागरिकलाई नागरिकता बनाउन अध्यक्ष थापाले आग्रह गर्नु भयो ।
त्यस्तै दुई दिनमा नागरिकता लिन र १८ वर्ष उमेर पुगेका सबै कालीगण्डकीवासीहरुलाई फोटोसहितको नामावलीमा आफ्नो नाम दर्ता गराउन अध्यक्ष थापाले आग्रह गर्नुभयो ।

साथै अध्यक्ष थापाले बर्षादको समयमा जनताहरुलाई नागरिकता बनाउन बर्षादको समयमा पैदलयात्रा भएर झण्डै दुई दिनको बाटो भएर जिल्ला सदरमुकाम पुग्नुपर्ने हुदा आमसर्वसाधरणलाई बर्षादमा निकै समस्या हुने हुदा जनताहरुको सहजताको लागि गाँउपालिकाबाटै दुई दिने नागरिकता वितरणको कार्य गर्न लागिएको गाँउपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्