Logo

संविधान संशोधन पारितको पक्षमा एमाले पनि आउँछः राजपा नेता यादव



काठमाडौं, २७ साउन । राष्ट्रिय जनता पार्टीका शिर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरे । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता यादवले यस्तो ठोकुवा गरेका हु्न । साथै नेता यादवले एमाले लगायतका असन्तुष्ट देखिएका दलहरू पनि प्रस्तावको पक्षमा आउने बताए दावि समेत गरे ।

उनले भने,‘हैर्दैजानुहोस् एमालेलगायतका दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित हुन्छ हुन्छ ।’ एमालेले बाहिर बाहिर जे धारणा सार्वजनिक गरेपनि भित्र भित्र सहमतिको पक्षमा आइसकेको खुलाए । संशोधन प्रस्ताव सहमतिको दस्तावेज भएकाले आफूहरू पनि लचिलो बनेको बताए ।

देशको हितका लागि लचिलो भएर जानुको विकल्प नभएको यादवको भनाई थियो । कसैले पनि मेरो गोरूको बा¥है टिक्का गर्न नहुने भन्दै सहमतिबाट बढ्नुको विकल्प नभएको बताए । संशोधन प्रस्ताव पारित नभए चुनावमा जानुहुन्छ भन्ने प्रश्नमा यादवले भने,‘संशोधन प्रस्ताव पारित गर्नका लागि ल्याइदैछ । खेलको नियम मानेर सबैले बढ्ने हो ।’

सरकारले तीन बुँदे सम्झौतालाई कार्यान्वयन गर्ने भन्दै आएकोमा सर्वोच्च अदालतले पछिल्लो समय गरेको निर्णयले सहमतिको नयाँ ढोका खोलेको बताए । सर्वोच्चको निर्णयले चुनावमा जाने वातावरण बनेको उनको भनाई थियो । चुनाव लोकतन्त्रको आत्मा भएकाले जनमतको सम्मान गरी अगाडि बढ्नुपर्नेमा आफूहरू रहेको स्पष्ट पारे । चुनाव चिन्ह पाउनेवित्तिकै चुनावमा जाने प्रक्रिया बढ्ने बताए ।

संविधान संशोधन प्रस्ताव देशको एकता, सार्वभौमिकता, राष्ट्रिय मेलमिलापसँग जोडिएकाले सबै अग्निपरिक्षामा रहेको बताए । जो जो सहमतिमा आउँदैनन् तिनको अराष्ट्रवादी र देशघाती चरित्र खुल्ने यादवको भनाई थिाये । डा.गोविन्द केसीको मागमा अबिलम्ब सहमति गरेर टुंग्याउनुपर्नेमा यादवको जोड थियो । मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्