Logo

प्रचण्ड र भारतीय विदेशमन्त्रीविच गोप्य भेटवार्ता



काठमाडौ, २७ साउन । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री शुष्मा स्वराज र नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविच गोप्य कुराकानी भएको छ ।
स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासमा आयोजित कार्यक्रमको क्रममा स्वराज र प्रचण्डविच अलग्गै गोप्य कुराकानी भएको हो ।
स्रोतका अनुसार भेटवार्तामा स्वराजले स्थानीय तहको निर्वाचन गरेर पूर्व सहमति अनुसार शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेकोमा बधाई दिदै संविधान संसोधन विद्येयक संसदबाट अघि बढाउने र राजपालाई पनि चुनाव लिएर जाने विषयमा खेलेको भूमिकाको प्रसंसा गरेकी थिईन ।
उनले नेपालमा चलिरहेको सत्तागठबन्धनले नेपालमा राजनीतिक स्थायीत्व प्रदान गर्ने भन्दै यसलाई अघि बढाउन आग्रह गरेकी थिईन ।
उनले निर्वाचन सम्पन्न गरेर संविधानलाई पूर्ण कार्यान्वयनमा सफल हुन सद्भाव ब्यक्त गर्दै निर्वाचनको लागि भारतले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएकी थिईन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot