Logo

किन गएनन् एमाले शिर्ष नेता स्वराजलाई भेट्न ?



काठमाडौ, २७ साउन । भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासमा आयोजित कार्यक्रममा नेकपा एमालेका कुनै पनि शिर्ष नेताहरु उपस्थित भएनन ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालदेखि नेपालका सबै राजनीतिक दलक शिर्ष नेताहरु सहभागि भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेब गौतम, ईश्वर पोखरेलसहितका कुनै पनि शिर्ष नेताहरु सहभागि भएनन ।
भारतीय विदेश मन्त्री शुष्मा स्वराजको प्रमुख आथित्यमा हुने कार्यक्रमको लागि भारतीय राजदुत मन्दिप सिंह पुरीले एमाले अध्यक्ष ओलीसँग भेट गरेर समय लिएका थिए । तर ओली आज दुतावास नगई मुस्ताङ भ्रमणमा निस्किए । खनाले काठमाडौमै भएपनि दुतावास गएनन भने नेपाल आजै विवादित उत्तर कोरियाको भ्रमणमा निस्किएका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot