Logo

सबैभन्दा बढी सिमरामा २१७ मिमि वर्षा, विराटनगरमा वर्षामापन केन्द्र नै डुबानमा



काठमाडौं, २९ साउन । मौसम पूर्वानुमान महाशाखाका अनुसार १२ घण्टायता सबभन्दा बढी सिमरा २१७ मिमि मा वर्षा भएको छ । नेपालगन्ज १६९.३, दाङ १६७.४, जनकपुरमा १३७.६, काठमाडौंमा ३०.५, वीरेन्द्रनगर २६.५, भैरहवा ३९.६, पोखरा ९.७, ताप्लेजुङ १५.४ र मिलिमिटर वर्षा भएको छ ।

विराटनगरमा वर्षामापन केन्द्र नै डुबानमा परेको छ । विराटनगर एयरपोर्टस्थित वर्षामापन केन्द्र नै डुबेका कारण उक्त क्षेत्रमा कति पानी परेको छ, भन्ने कुरा पत्ता लगाउन सकिएको छैन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रिमालले वर्षामापन केन्द्र नै डुबेपछि वर्षामापन गर्न नसकिएको बताए । ‘विराटनगरमा मापनकेन्द्र नै डुबेपछि वर्षा मापन गर्नै सकिएको छैन,’रिमालले भने, ‘विराटनगरमा बढी नै वर्षा भएको हाम्रो अनुमान छ ।’

 



प्रतिक्रिया दिनुहोस्