Logo

पर्यटकीय नगरी सौराहाका होटल डुबानमा, हात्ति प्रजनन् केन्द्र पनि खतरामा



साउन २९, काठमाण्डौ । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । शनिबार साँझदेखि राप्ति किनारका रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । होटलहरु डुक्न थालेपछि भुइँतलामा रहेका पर्यटकलाई माथिल्लो तल्ला एवं अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।
यसैगरी, राप्ती, कयरखोला, लदरी, पम्फाखोलाको बाढी गाउँ पसेपछि पूर्वी चितवनको खैरहनी, पर्सा, भण्डारा र रत्ननगरलगायतका क्षेत्र डुबानमा परेको छ ।
नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।
सौराहामा ११० वटा होटल संचालनमा छन् ।
लगातारको बर्षापछि राप्ती नदीमा आएको बाढीले डुबानमा पारेपछि सौरहा घुम्न आएका विभिन्न देशका र आन्तरिकसहित झण्डै ७ सय पर्यटक फसेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका स्वदेशी तथा बिदेशी गरि झण्डै ७ सय पर्यटक फसेका हुन् ।
सौराहाको मुख्य आकर्षणको केन्द्र हात्ती प्रजनन् केन्द्रमा पनि राप्ती नदीको बाढी पसेको छ । उक्त हात्ती प्रजनन केन्द्र २०४२ सालमा स्थापना गरिएको थियो ।
नेपालकै एक मात्र उक्त हात्ती प्रजनन केन्द्रमा हाल माउ–बच्चा गरी करिब ४० वटा हात्ती रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्