Logo

पौडेलको पहलमा कांग्रेसको आकस्मिक बैठक बस्दै



साउन २९, काठमाण्डौ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । देशभर बाढी पहिरो र डुबानको समस्या बढ्दै गएपछि त्यसका बारेमा बारेमा छलफल गर्न सभापति शेरवहादुर देउवाले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
बैठक दिउँसो ४ वजे प्रधानमन्त्री निवास वालुवाटरमा बस्ने कांग्रेस बताइएको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतवार बिहान पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आकस्मिक केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेका थिए । बैठकमा बाढी पहिरो तथा मधेसमा देखिएको डुवानको समस्या समाधान र तत्काल उद्धारका बिषयमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्