Logo

बाढी पहिरोको प्रभावमा गोविन्द केसी, आजै अनशन तोडिने सम्भावना



साउन २९, काठमाण्डौ । बाढि पीडितको अवस्थालाई मध्येनजर गर्दै अनशनरत डा. गोविन्द केसीले अनशन तोड्ने सम्भावना बढेको छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि चिकित्सा शिक्षा विधेयक पारित गराउनुपर्ने माग गर्दै आएका केसीले अनसन नतोड्ने अडान लिदै आएका थिए । शुक्रबार चिकित्सा शिक्षा विधेयक संसदको महिला बालबालिका तथा समाजकल्याण समितिबाट शुक्रबार पारित भएको थियो । विधेयक संशोधनसहित पारित भएपछि केसीले अनशन तोड्न मानेका थिएनन् ।
माथेमा आयोगले दिएको प्रतिवेदन अनुसार विद्येयक पारित नभएको र पारित भएको विद्येयकमा समेत गडबडी हुन सक्ने भन्दै डा. केसीले अनसन नतोडेका हुन् ।
तर देशभरी अविरल बर्षाका कारण जनजीवन प्रभावित भएपछि अहिले सबैको ध्यान मोडिएको छ । राहत र उद्धारमा खटिनुपर्ने बेलामा सरकारसमेत केसीको अनशन तोडाउनका लागि अलमलिएपछि केसीलाई नैतिक दबाब समेत परेको छ । विगतमा पनि ग्रामिण भेगमा गएर स्वास्थ्य उपचार गराउँदै हिँडेका केसी अहिले अनशन बसेकै बेला अविरल वर्षा भएपछि दबाबमा परेका हुन् ।
सरकारले पनि उनको अनशन तोडाउनका लागि प्रयास गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्