Logo

नुवाकोट जिल्लाा समन्वय समितिमा काँग्रेस विजयी



त्रिशूली नुवाकोट, २९ साउन । जिल्ला समन्वय समिति नुवाकोटको आज भएको निर्वाचनमा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ । जिल्ला समन्वय समिति प्रमुखमा सन्तमान तामाङ विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेकपा एमाले–नेकपा९माओवादी केन्द्र० गठबन्धनका रामहरि घिमिरेले १० मत ल्याउनु भएको थियो । उपप्रमुखमा अप्सरा थापा १४ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी विष्णुबहादुर बोगटीले १० मत ल्याउनुभएको छ ।

समितिका सदस्यमा गणेश शाही, अभिनव फुयाँल, माया शेर्पिनी, सम्झना सेढाईँ, धनमाया तामाङ, रामसिंह तामाङ र सुविना प्रधान विजयी हुनुभएको छ । विजयीलाई मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले आजै प्रमाणपत्र प्रदान गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्