Logo

महान्यायाधिवक्ता श्रेष्ठद्धारा राजीनामा



काठमाडौँ, २९ साउन । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले महान्यायाधिवक्ताको पदबाट आज राजीनामा दिएका छन् । महान्यायाधिवक्ता श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन । श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कानुनी सल्लाहकारका रुपमा नियुक्त गरेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भए लगत्तै राजीनामा बुझाउन गएका श्रेष्ठलाई देउवाले केही समय कुर्न भनेका थिए । अन्ततः महान्यायाधिवक्ता श्रेष्ठले देउवालाई भेटेर राजिनामा बुझाएका हुन।

प्रधानमन्त्रीबाट दाहालले राजीनामा दिएपछि वर्तमान प्रधानमन्त्री देउवाकै सल्लाहमा आफूले काम गरेको उहाँले बताएका हुन । उनको एक वर्ष एक हप्ताको कार्यकालमा महान्यायाधिवक्ता कार्यालय निर्माण योजना,सरकारी वकिल सम्मेलनजस्ता काम भएका छन् ।

यो पनि पढ्नुस..

https://reportersnepal.com/2017/08/196062.html

 



प्रतिक्रिया दिनुहोस्