Logo

संविधान संशोधन प्रस्ताव पारित हुनै दिन्नौ: रावल



काठमाडौं, साउन ३०। यस्तै कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले नेपाल र भारत बीचको सम्बन्धलाई समयानुकुल परिर्वतन गर्नुपर्ने बताएका छन् ।  रावलले पछिल्लो समयमा देखिएका मतमतान्तरले दुवै देशको भलाई नहुने दाबी गरेका छन्।

उपाध्यक्ष रावलले भने, ‘नेपाल र भारत बीचको सम्बन्ध आजको होईन, नेपाल र भारत बीचको सम्बन्ध लाभ र हानीको आधारमा हुनुपर्छ, सन्धी सम्झौताहरुको बारेमा हेरफेर गर्नुपर्छ, अनि मात्रै मित्रराष्ट्रको सही अर्थ रहन्छ।’

दुई देशबीचको सम्बन्धलाई पन्चशिल सिद्धान्तको आधारमा हुनुपर्ने बताउँदै रावलले भने,‘तराई डुबेको छ, लक्ष्मणपुर बाँध, महाकाली, कोशीब्यारेज लगायतबाँधले जनधनको क्षति भईरहेको छ, प्राविधिक पक्षका कुराका आधारमा भन्ने हो भने भारतले एकतर्फी बाँध निर्माण गरेको भन्ने छ, यस्तो गल्ती भएको छ भने तत्काल सुधार हुनुपर्छ।’

उपाध्यक्ष रावलले बाढी पहिरोबाट ज्यान गुमाएका र पीडितलाई तत्काल राहत उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेका छन्।

कार्यक्रममा बोल्दै रावलले राष्ट्रिय हित विपरित आएको संविधान संशोधन प्रस्तावलाई हामी कुनै पनि हालतमा पारित हुन नदिने बताए।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले भारत र नेपालबीच भएका सन्धी सम्झौताहरु समयानुकुल परिवर्तन हुनुपर्ने बताएका छन् ।

नेता रायमाझीले भने, ‘नेपाल र भारतबीचको सम्बन्धको बारेमा सबैलाई थाहछ, मेरो भएटै भनाइ छ अन्तर्राष्ट्रिय मूल्य मान्यतार र समानताको आधारमा सम्बन्ध अघी बढ्नुपर्छ।’

आफूहरू संविधान संशोधनको पक्षमा रहेको भन्दै रायमाझीले मोर्चाका नेता कार्यकर्तालाई निर्वाचनमा भाग लिनको लागि आग्रह गरे ।

उनले हृदयेश त्रिपाठीलाई इंगित गर्दै भने, ‘मेरो पार्टी तपाईँको पक्षमा मतदान गर्छ, सरकारले यदि संसदमा निर्णयर्था पेस गर्छ भने मेरो हातले मात्र होईन टाउकोले मत हाल्नुपर्छ भने पनि म हाल्न तयार छु, तर हामीले मात्र हालेर पारित हुँदैन।’

नेता रायमाझीले भने, ‘मोर्चाले यो कुरा बुझ्नुपर्छ, संविधानमा माओवादी केन्द्रका सबै मागहरू समावेस भएका छैनन्, काँग्रेस र एमालेका पनि भएका छैनन्, हामीले अधिकतम् सहमतिमा संविधान ल्याएका हौँ,यसमा मोर्चाले मेरो भनेकै हुनुपर्छ भन्ने अडान राख्नु हुँदैन।’

सरकारसँग दुई तिहाई सांसद नभएको स्थितिमा संविधान संशोधन विद्येयक पास हुने सम्भावना कम रहेको भन्दै नेता रायमाझीले मोर्चालाई निर्वाचनमा भाग लिएर बहुमत ल्याएर देखाउन चुनौति दिए।



प्रतिक्रिया दिनुहोस्