Logo

भारतको विरोध गरेर समस्याको समाधान हुन्नः राणा



काठमाडौं, साउन ३०। नवगठित राप्रपा (प्रजातान्त्रिकका) अध्यक्ष पशुपतिशमशेर राणाले नेपाल र भारत बीचको सम्बन्धलाई मर्मत सम्भार गर्नुपर्ने बताएका छन्।

भारतको ७०औं स्वतन्त्रता दिवसको पूर्वसन्धामा रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘नेपाल र भारत बीचको सम्बन्ध खुल्ला छ, साझा धर्म छ, सबैभन्दा बढी व्यापार नेपाल र भारतबीचमै हुन्छ, नातागोता त्यत्तिकै छ, रोटीबेटीको सम्बन्ध छ, यस्तो स्थितिमा राजनीतिको नाममा एकले अर्को देशको अहित हुने कुनै पनि कृयाकलाप गर्नुहुँदैन।’

राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयश त्रिपाठीले नेपाल र भारतबीचको आन्तरिक सम्बन्धमा सुधार गर्नुपर्ने बताका छन्।

उनले भने, ‘भारतलाई नेपालले ईतिहासमा धेरै चोटि प्रयोग गरेको छ, कुनै बेला राणाको बिरुद्धमा राजा भारत गए, त्यतिबेला राणाले हस्तक्षेप भन्यो, त्यसपछि राणा शासन सकियो, त्यसपछि राजतन्त्र ढलाउन कांग्रेसले भारतसँग साथ माग्यो त्यति बेला भारतलाई राजाहरुले हस्तक्षेपको आँखाले हेरे नेपालको राजनीति यसरी चलेको छ।’ यहाँ एकले अर्कोलाई हस्तक्षेपको आरोप लगाएर समस्याको समाधान हुन्न। नेपाल भारत सम्बन्ध यस्तो किसिमको छ यसलाई कसैले चाहेर पनि तोड्न सक्दैन त्यसैले यो सम्बन्ध जनस्तरको सम्बन्ध हो।

दिल्ली र काठमाडौले सम्बोधन गरेर सम्बन्ध दिगो हुन्न। मधेसलाई बेवास्था गरेर गरिएको कुनै पनि सम्बन्ध जनस्तरको हुन्न त्यो नेताहरूको मात्र हुन्छ। त्यसैले मधेसलाई सम्बोधन गरेर सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ।



प्रतिक्रिया दिनुहोस्