Logo

भारतीय राजदुत मञ्जित सिंह पुरी र एमाले उपाध्यक्षबिच किन भयो कानेखुसी ?



साउन ३०, काठमाण्डौ । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जित सिंह र एमाले उपाध्यक्ष भिम रावलबिच गोप्य वार्ता भएको छ ।

क्लबका अध्यक्ष ऋषि धमलाले तराई क्षेत्रमा भारतले बनाएका बाँध, तटबन्ध र व्यारेजका कारण तराई क्षेत्र डुबानमा परेपछि साक्षात्कार कार्यक्रम राखेका थिए ।

कार्यक्रममा बाढी नियन्त्रणका लागि भारतले बनाएका बाँध, तटबन्ध र व्यारेजले निम्त्याएका समस्या कसरी निराकरण गर्ने भन्ने विषयमा धारणा राख्नका लागि आयोजित कार्यक्रमा राजनीतिक टिकाटिप्पणी भएपछि राजदुत पुरी असन्ुतष्ट बनेका थिए ।

त्यसपछि पुरीले एमाले उपाध्यक्षसँग छु­ट्टै कुरा गरी कोशी व्यारेजका बारेमा छलफल गरेका थिए । पुरी र रावलबिच दुई देशबिचको सम्बन्ध अझ मजबुत बनाउने विषयमा पनि कुराकानी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्