Logo

क्षेत्र निर्धारण आयोगको म्याद आज सकिदै, प्रतिवेदन बुझाउन नसक्ने



साउन ३१, काठमाण्डौ । क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा सरकारलाई प्रतिवेदन बुझाउन नसक्ने भएको छ ।
प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मेवारी पाएको आयोगलाई दिइएको २१ दिन अवधि आज मंगलबार सकिँदैछ ।
’तोकिएको समयमा प्रतिवेदन बुझाउन सकिएन’ आयोगका अध्यक्ष कमलनारायण दासले भने, ’अझै तीन दिनदेखि एक हप्तासम्म लाग्ने देखिन्छ ।’
आयोगको म्याद आज फेरि थपिने खबर आजको नेपाल समाचारपत्रमा छ ।



प्रतिक्रिया दिनुहोस्