Logo

संसदमा बाढी पहिरोको वहस, गृहमन्त्रीद्धारा जानकारी



काठमाडौं, ३१ साउन । संसदमा तराईमा गएको बाढी पहिरोको वहस भएको छ । बाढिपहिरो तथा डुवानपछि राहात, उद्धार र पुर्नस्थापनामा भएका प्रयासबारे सरकारले व्यवस्थापिका संसद बैठकलाई जानकारी गराएको छ ।

गृहमन्त्री जनार्दन शर्माले विषेश समय लिएर सरकारले गरेका कामकारवाहीबारे सदनलाई जानकारी गराएका हुन् । उनले सिमित श्रोत साधनका बाबजुद सरकारले राहत र उद्धारमा कुनै कमि नल्याएको बताए ।

गृहमन्त्री सरकारले अहिलेसम्म बाढीपहिरो र डुवानमा परि १११ जनाको मृत्यु भएको तथा ३३ जना भन्दा बढि हराइरहेको जानकारी गराए । सांसदहरुले सुन्य समयमा बोलदै सरकारले राहत र बाढीपीडितको उद्धारमा तदारुकता देखाउन नसकेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्