Logo

बाढी प्राभावित क्षेत्रमा खाद्यान्न पु¥याउन वितरण प्रणाली बाधक, मागे जति खाद्यान्न दिन आपूर्ति मन्त्रालय तयार



साउन ३२, काठमाण्डौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले वितरण प्रणाली अव्यवहारिक भएकाले बाढी पिडितलाई तत्काल राहत वितरण गर्न नसकिएको स्विकार गरका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री मण्डलले सम्भव हुँदासम्म खाद्य वस्तु वितरणलाई चुस्त र छिटो छरितो बनाउने प्रयास भइरहे पनि वितरण प्रणालीका कारण ढिला भएको बताएका हुन् ।
सरकारले एकद्धार प्रणाली अपनाएर सिडियो कार्यालयमार्फत राहत वितरण गर्नुपर्ने भएकाले सोही अनुसार मन्त्रालयले खाद्यान्न वितरण गरेको मन्त्री मण्डलले जानकारी दिए । बाढी पिडितको अवस्था अत्यन्त नाजुक भएकाले आफै पनि राहत र उद्धारमा खटिएको बताउँदै मण्डलले आपूर्ति मन्त्रालयको तर्फबाट कुनै पनि कसर बाँकी नराखेको दाबी गरे ।
बाढी प्रभावित क्षेत्रबाट आएको माग अनुसार मन्त्रालय खाद्यान्न पठाउन सक्षम रहेको जिकिर गर्दै मन्त्री मण्डलले सप्तरीमा ५ हजार क्विन्टल चामलको माग भएकाले त्यसका लागि तयारी अवस्थामा रहेको जानकरी दिए । तर सिडियो कार्यालय मार्फत दिनुपर्ने भएकाले वितरणमा केही ढिला हुन सक्ने बताए ।
आजै सबै बाढी प्रभावित ठाउँमा सरकारले खाद्यान्न पु¥याउने दाबी समेत मन्त्री मण्डलले गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले कडा निर्देशन दिएको बताउँदै मन्त्री मण्डलले भने, “बाढी प्रभावित जिल्लामा खाद्य वस्तु पु¥याउनका लागि २८ गते नै गृहमन्त्रीले कडा निर्देशन दिनुभएको छ । निर्देशनप्रति मेरो सहमति छ । त्यही अनुसार काम गरिरहेको छु ।”
सप्तरी, सर्लाही र रौतहटलाई पहिलो प्राथमिकता दिएर खाद्यान्न पठाइने जानकारी मन्त्री मण्डलले दिए । सम्बन्धित जिल्लाका सिडियो कार्यालयले माग गरे अनुसारको खाद्यान्न उपलब्ध गराउन मन्त्रालय तयार रहेको दाबी उनले गरे ।



प्रतिक्रिया दिनुहोस्