Logo

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सामाजिक संजालमा घृणा फैलाउने पत्रकारलाई ५ वर्षका लागि जेल चलान



साउन ३२, काठमाण्डौ । राष्ट्रपतिविरुद्ध उछालिएको १६ करोडको गाडी खरिदसम्बन्धी प्रकरणमा सामाजिक सञ्जालमार्फत घृणा—द्धेष फैलाउने पत्रकार सोनमकुमार सुनार जेलचलान भएका छन् ।

कपिलवस्तुस्थित सउदी डेभलपमेन्ट बैंकद्धारा सञ्चालित मुस्लिम रेडियो हुँदाको स्टेशन म्यानेजर रहेका प्युठानवासी उनी त्यहीँबाट समाातेर काठमाडौं ल्याइएका हुन् ।

असार २९ गते विशान ११ बजे रेडियोबाट गिरफ्तार गरिएका उनलाई काठमाडौं जिल्ला अदातलको साउन २३ गतेको आदेशअनुसार विधुतीय कारोबार ऐन, २०६३ को दफा ४७, ५६ र ७६ बमोजिम ५ बर्ष कैद मागदावी भएकामा सोको भुक्तानका निमित केन्द्रीय कारागार चलान गरिएको छ ।
यो खबर आजको जन आस्था साप्ताहिकमा छ ।



प्रतिक्रिया दिनुहोस्