Logo

बाढी–पहिरो राहतमा उपेन्द्र महतोको नेपाल मेडिसिटी हस्पिटल साझेदार



काठमाडौं, ३२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् दानवीर डा. उपेन्द्र महतोको छिट्टै सञ्चालनमा आउन लागेको अन्र्तराष्ट्रिय स्तरको अस्पताल नेपाल मेडिसिटी हस्पिटल तराईलगायत मुलुकका विभिन्न भेगमा आएको बाढीपहिरो पीडितलाई तत्काल राहत पुर्याउन स्थापना भएको ‘कान्तिपुर बाढी पहिरो राहत कोष’ को साझेदार बनेको छ ।

कान्तिपुर मिडिया ग्रुप (केएमजी) द्वारा प्रवद्र्धित गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले “आउनुहोस् यो अकल्पनीय विपत्तिपीडितहरूको सहयोगार्थ तपाईं पनिहातेमालो गर्नुहोस्” भन्ने मुल नाराका साथ ११ लाख रुपैयाँ राखेर कोष स्थापना गरेको हो ।

कोषमा ११–११ लाख रुपैयाँ सहयोग गरी नेपाल मेडिसिटी हस्पिटलसँगै नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक र सानिमा बैंक पनि साझेदार बनेका छन् ।
कोषमा हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने व्यक्ति एवं प्रतिष्ठानरसंस्थाहरूको नाम कान्तिपुर, दी काठमान्डु पोस्ट र ई–कान्तिपुरमा प्रकाशित हुने र कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरबाट पनि प्रसारण गरिने फाउण्डेशनले जनाएको हो ।

पाँच लाख रुपैयाँ वा त्यसभन्दा बढी सहयोग गर्नेहरूको नामावली तस्बिरसहित प्रकाशन र प्रसारण गरिने उक्त फाउण्डेशनले जनाएको छ । त्यस्तै कोषमा जम्मा भएको रकम सर्वा्धिक प्रभावित क्षेत्रमा सम्बन्धित जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत वितरण गरिने पनि उसले जानकारी दिएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्