Logo

अमेरिकाद्धारा कस्मिरमा सक्रिय हिजबुल मुजाहिद्दीन आतंकवादीको सूचीमा



काठमाडौं, १ भदौ । अमेरिकाले पाकिस्तानको कस्मिरमा सैन्य गतिविधि गर्दै आएको संगठन हिजबुल मुजाहिद्दीनलाई आतंकवादीको सूचीमा राखेको छ ।

अमेरिकाले हिजबुल मुजाहिद्दीनलाई विदेशी आतंकवादी संगठन तथा विश्वको आतंवादी गुट घोषणा गरेर उसमाथि प्रतिबन्ध लगाएको हो ।

अमेरिकाको विदेश विभागले मुजहिद्दीनलाई आतंकवादी संगठनमा राखिएको घोषणा गर्दै अमेरिकी वित्तीय संस्थामा रहेका यो संगठन तथा यसका नेताको सम्पत्ती रोक्का गरिएको तथा कारोबारमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

यस्तै मुजाहिद्दीन विरुद्धको कारवाही अभियानमा अमेरिकी सुरक्षाकर्मी तथा अरु सरकारी निकायको सहयोग मिल्ने पनि उल्लेख गरिएको छ । मुजाहिद्दीनले पाकिस्तान प्रशासित कस्मिरमा आफ्नो गतिविधि चलाउँदै आएको छ ।

यसअघि सन् १९९७ मा अमेरिकाले हरकतुल मुजाहिद्दीन र सन् २००१ मा लस्करे तोयवा र जैसे मोहम्मदलाई पनि चरमपन्थी गुटको सूचीमा राखेको थियो ।

हिजबुल मुजाहिद्दीनले भारतको प्रशासित कस्मिरमा भएका कयौं चरमपन्थी हमलामा जिम्मेवारी लिएको थियो । सन् २०१४ को अप्रिलमा १७ जनाको मृत्यु हुने गरी गराइएको आक्रमणको जिम्मा पनि सोही संगठनले लिएको थियो ।(एजेन्सी)



प्रतिक्रिया दिनुहोस्

Screenshot