Logo

असोजमा हुने प्रदेश नम्बर २ को निर्वाचनको लागि आजदेखि आचारसंहिता लागु



काठमाडौँ, १ भदौ । प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन हुँदैछ । अब निर्वाचन आउन जम्मा एक महिना बाँकी छ । उक्त निर्वाचनको लागि आजदेखि प्रदेश नम्बर २ मा निर्वाचन आचारसंहिता लागू भएको छ।

निर्वाचन आयोगको अनुसार आचारसंहिता आजदेखि लागू भएको हो। आचारसंहिता अवधिमा निर्वाचन, निर्वाचन प्रक्रिया र मतादातालाई प्रभावित पार्ने काम गर्न पाइँदैन।
आयोगले जारी गरेको आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्रीहरु, सम्वन्धित स्थानीय तह र स्थानीय तहका कर्मचारीलाई लागू हुनेछ।

यसका सथौ सार्वजनिक संस्थाका कर्मचारी र कार्यालय, सुरक्षा निकाय, निर्वाचनमा संलग्न कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ । यस्तै, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्थालाई पनि निर्वाचन आचारसंहिता लागू हुनेछ। सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा पनि निर्वाचन आचारसंहिता लागू हुनेछ।



प्रतिक्रिया दिनुहोस्