Logo

पत्रकार महासंघको महाधिवेशनमा थापा समावेशी उपाध्यक्षको उम्मेद्धवार



काठमाडौं, १ भदौ । नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघबीच तालमेल भएको छ ।

तीन संगठनको “लोकतान्त्रिक, जनपक्षीय र समावेशी गठबन्धन” ले समावेशी उपाध्यक्षमा दिलिप थापामगरलाई उम्मेद्वार बनाएको छ ।

बिगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा जमेका थापामगरले यसअघि महासंघको केन्द्रिय सदस्य पदमा रहि काम गरिसकेका छन् । थापा रिपोर्टर्स क्लब नेपालका सचिव समेत हुन्
पत्रकारको हकहिकताका लागी सदैव आवाज उठाउने पत्रकार थापा मगर नेपाल टेलिभिजनमा आवद्ध हुनुहुन्छ भने रिपोटर्स क्लब नेपालका केन्द्रिय सचिव छन् ।

उनले महासंघको २५ औं महाधिवेशनमा आफुलाई समावेशी उपाध्यक्षको उम्मेद्वारमा चयन गरेकोमा सम्पूर्ण प्रति आभार व्यक्त गर्दे उनले प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागी लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गठबन्धनको तर्फबाट महासंघको अध्यक्षमा गोविन्द आचार्य उम्मेदवार बनेका छन् । महासंघको २५ औँ महाधिवेशन भदौ ४ र ५ गते काठमाडौंमा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्